Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वयम्भुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा युवकको मृत्यु

काठमाडौंः काठमाडौं महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

आज साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको ज्यान गएको छ ।

बसका चालक तारकेश्वर–४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मुद्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक ९डीएसपी० लालध्वज सुवेदीले बताएका छन् ।

मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: