सिंहदरबार प्रवेशमा सहज वातावरण बनाउन पत्रकार महासंघको आग्रह

काठमाडौंः नेपाल पत्रकार महासंघले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाउन आग्रह गरेको छ । कार्यबहाक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासंघको बैंठकले उक्त निर्णय गरेको हो ।

समाचार संकलनका लागि पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाई गर्दै झन्झटिलो व्यवस्था गरिएकोप्रति महासंघ आपत्ति प्रकट गर्दै समाचार संकलनका लागि सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।

याे पनि पढ्नुस  धनगढी एफएमको कार्यालयमा आक्रमण प्रयासप्रति महासंघकाे ध्यानाकर्षण

बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय गरेको छ । अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरिएको छ । दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानहरुमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने छ ।

नेपालीहरुको महान चाड दसैंतिहार नजिकिरहेको सन्दर्भमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दसैं पेश्की व्यवस्था गर्न महासंघले आहृवान गरेको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला

रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्वहाली गर्न बैठकले माग गरेको छ । पत्रकारहरुको पुनर्वहालीका निमित्त जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ । आन्दोलनका थप कार्यक्रम अन्तर्गत रेडियो नेपालका सबै प्रदेश प्रसारण केन्द्रमा धर्ना दिने र काठमाडौंमा प्रदर्शन गर्ने निर्णय पनि महासंघले गरेको छ ।

याे पनि पढ्नुस  चौतारीले कारबाही गरेका अर्जुनको जित

रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्कासित पत्रकारहरुका सम्बन्धमा छलफल गर्न गएको महासंघ टोलीलाई रेडियो व्यवस्थापनले प्रहरी लगाएर पक्राउ गरिएको घटनाको महासंघले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । छलफलका क्रममासमेत व्यवस्थापन पक्ष गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएकोमा महासंघले खेद व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्