Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोदी सरकारको ठूलो निर्णयः भारतभरी इ–सिगरेट प्रतिबन्ध

 

काठमाडौं । नेपालमा पछिल्लो समयमा इसिगरेटको माग बढिरहेको बेला भारतमा भने यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

यसअघि बिहार सरकारले मात्रै प्रतिबन्ध लगाएको इलेक्ट्रोनिक सिगरेटमा आज केन्द्रीय सरकारले समेत प्रतिबन्ध लगाएको हो ।

प्रधानमन्त्री नरेन्द् मोदीको अध्यक्षतामा बसेको आजको मन्त्रीपरिषदको बैठकले देशभरी इलेक्ट्रोनिक सिगरेटमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

वित्तमन्त्री निर्मला सीतारमणले पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन ।

योसँगै रेलवे कर्मचारीलाई दिपावलीमा बोनसको समेत घोषणा गरिएको उनले बताए ।

अब इसिगरेटको उत्पादन, विक्रय, आयात, निर्यात, ट्रांसपोर्ट र डिस्ट्रीब्यूशन समेत गर्न पाइने छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: