Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘गणतन्त्रविरुद्ध आवाज उठ्न थाल्यो, अब सरकार चुप बस्दैन’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

सिंहदरबारको पुतली बगैंचामा संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रविरुद्ध धावा बोल्नमाथि एक्सनमा जाने चेतावनी दिएका हुन् ।

लोकतन्त्रमा शान्तिपूर्ण तबरले विरोध गर्नमा भने सरकारले रोक नलगाएको भन्दै उनले भने, ‘विरोधको तरिका पनि सही हुनुपर्छ । लोकतान्त्रिक प्रणाली मात्रै होइन, विरोध गर्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: