Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महिलाको जस्तो हाइ हील लगाएर हिँड्छन् यी पुरुष, यस्तो छ कारण

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्ने एश्ले म्याक्सवेल लाम नामक पुरुष महिलाहरूकै जस्तो हाईहील जुत्ता लगाएर अफिस जान्छन् । उनले आफ्नो लूकलाई सुन्दर बनाउन ६ इन्चको हील लगाउने गरेको बताए ।

उनी एक कर्पोरेट अफिसमा काम गर्छन् र दिनदिनै सुट र टाईका साथ हाई हील लगाएर काम गर्न जान्छन् । आफूलाई हील लगाउँदा राम्रो अनुभव हुने उनी बताउँछन् ।

यी अर्थविशेषज्ञले एक वर्षअघिसम्म पनि हील लगाउने गरेका थिएनन् । तर एक महिला सहकर्मीले हाई हील्समा आफूलाई शक्तिशाली अनुभव गर्ने बताएपछि उनलाई चित्त बुझेर हाई हील लगाउन थालेका हुन् ।

हील लगाउन थालेपछि आफू शक्तिशाली भएको उनले बताए । उनीसँग नौवटा हील जुत्ताको जोडी छ । तीमध्ये कुनै उनी अफिस जाँदा अनि कुनै चाहिँ बाहिर घुम्न जाँदा प्रयोग गर्छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: