Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युरोपा लिगः रोमाको इस्तानवुलमाथि सानदार जित

एजेन्सी । इटालियन क्लब एस रोमाले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा रोमाले टर्कीस क्लब इस्तानवुल बासकसेरलाई ४–० गोलले हरायो ।

रोमाको जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । रोमाले अर्को आत्मघाती गोल उपहार पाएको थियो । ४२औं मिनेटमा इस्तानवुलका काइकाराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।त्यसपछि रोमाका जेकोले ५८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा निकोलोले अर्को गोल थपे । ९०औं मिनेटमा जस्टिनले गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।

जितसँगै रोमाले समूह ‘जे’ मा रहेको रोमाले तीन अंक बनाएको छ । इस्तानवुल अंकविहीन छ । यही समूहको अर्को खेलमा अस्ट्रियाको वल्फवर्गरले जर्मन क्लब बोरुसिया मोनचेग्लावाचलाई ४–० गोलले पराजित गरेको छ । पहिलो जितसँगै वल्फवर्गरले पनि तीन अंक बनाएको छ । बोरुसिया मोनचेग्लावाच अंकविहिन छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: