कमलः ओई तँ हिजो किन त्यति दुखि भा को ?
भुवनः के भन्नु यार, बुढीले सारी किन्न १५ हजार माग्यो । भएको पैसा रित्तियो
कमलः अनि आज किन यति खुसी त ?
भुवनः हाँस्दै, मेरो बुढी त्यही सारी लगाएर आज तेरो बुढी भेट्न गा’छ त्यही भएर ।
डिभोर्स गर्न वकिलकोमा गएर फर्केपछि…
बिहानै श्रीमतीको चर्को आवाजले श्रीमानको निन्द्रा खुल्यो
श्रीमतीः कति सुत्न सकेको हो के ? यसो बिहान उठेर काम धाम गर्नु छैन ?
श्रीमान केही नबोलि बाथरुम गयो । अनि मुख धोएर कपडा लगाउन थाल्यो ।
यो देखेर श्रीमती अचम्ममा परिन् ।
श्रीमतीः काँ जान लागेको हो ? नाश्ता बनाउन छोडेर
श्रीमानः अब अत्ति भो के तिम्रो किचकिच, म वकिलकोमा जाँदैछु । तिमीसँग डिभोर्स गर्न ।
यति भनेर ऊ केही नबोली सोझै घरबाट निस्कियो ।
तर एकैछिनपछि ऊ फेरी फर्केर आयो । लुगा पनि नफुकालि भान्सामा गएर नास्ता बनाउन थाल्यो ।
यो देखेर श्रीमती चकित भइन ?
किन के भए छ त ?
किनभने ऊ वकिलमो जाँदा वकिल भान्सामा भाँडा माझ्दै थियो ।