स्मिता दाहालको ‘मायालु तिमी कता छौ’लाई एक करोड भ्युज

काठमाडौंः गायिका स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’ले एक करोड भ्युज कटाएको छ । ६ अगस्टमा युट्युबमा राखिएको स्मिताको यो गीतले शुक्रबार एक करोड भ्युज कटाएको हो ।

शुक्रबार साँझसम्म ‘मायालु तिमी कता छौं’लाई एक करोड ११ हजार बढीपटक हेरिएको छ । आफ्नो गीतलाई करोड बढी भ्युज भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका दाहालले सबैलाई धन्यवाद दिएकी छिन् ।

याे पनि पढ्नुस  प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहयोग

‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।

याे पनि पढ्नुस  रिलिज भयो स्मिता दाहालको गीत, हेर्नुस भिडियो

राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन्। विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।

कमेन्ट गर्नुहोस्