Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘असोज तीन, कालो दिन’ भन्दै संविधानको विरोध गर्ने पक्राउ

दाङः संविधानको विरोध गर्ने ६ जना पक्राउ परेका छन् । दाङको लमहीमा संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता हुन् । उनीहरुबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।

संविधानमा असहमति जनाउँदै थरुहट थारुवान संघर्ष समितिले संविधान दिवसलाई ‘असोज तीन, कालो दिन’का रुपमा मनाउने बताएको थियो । त्यही कार्यक्रम अनुरुप उनीहरुले ‘असोज तीन, कालो दिन’ भन्दै नाराबाजी गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: