Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानमा ड्रोन आक्रमण, १८ सर्वसाधारणको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सिन्हवा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: