चिनियाँ राष्ट्रपति नेपाल आउने मिति निश्चित

काठमाडौं । चीनका राष्ट्रपति सि जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्।

लामो समयको प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दियो। त्यसका लागि नेपाली र चिनियाँ पक्ष तयारीमा जुटेका छन्।

चिनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अहिले अध्ययन गरिरहेको श्रोतको दाबी छ। सुरक्षा संवेदनशिलताका कारण भ्रमणको मिति र तालिका सार्वजनिक नगरिएको हो।

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपतिकाे भ्रमण निर्धारित समयमा नै हुने, सैन्य अभ्यासले कुनै फरक नपर्ने भारतको दावी

राष्ट्रपति सिको भ्रमणका क्रममा बहुचर्चित नेपाल चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने सरकारको तयारी छ।

दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं केरुङ रेलमार्ग लगायतका विभिन्न विषयमा सम्झौता हुने बताइएको छ।

२३ वर्षदेखि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन्। शनिबार नै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आउँदै छन्।

कमेन्ट गर्नुहोस्