रवीन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी सरकारमा आए सबै कर्मचारी युनियन खारेज गर्छ’

गोरखाः साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले प्रशासन यन्त्रलाई कामै गर्न नदिने कर्मचारी युनियन खारेज गर्नुपर्ने बताएका छन् ।

साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्ने बताए । आफ्नो पार्टी सरकारमा आएमा सबै कर्मचारी युनियनलाई खारेज गर्ने उनको भनाइ छ ।

याे पनि पढ्नुस  नेपाली भू-भागमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्तिको अर्को नमुनाः साझा पार्टी

कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्ट्रको काम नगर्ने गरेको मिश्रको आरोप छ । सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिने गरेका उनको भनाइ छ ।

याे पनि पढ्नुस  ‘आज ऐतिहासिक दिन हो, प्रदर्शन नगर्नूस्’

राजनीतिक दलका शुभेच्छुक संगठन, भातृ संगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गरेमा मात्रै देशमा बल्ल सुशासन सुरु हुने संयोजक मिश्रको दाबी छ ।

कर्मचारीतन्त्रभित्र आफ्नो मान्छे भए मात्र काम हुने गरेको, नेता, बिचौलिया र बोलवाला भएकाहरुको काम हुने गरेको तर सर्वसाधारणको काम गर्न अत्यन्तै कठिन हुने गरेको उहाँले तर्क गरे । कार्यक्रममा बोल्दै नेता मिश्रले २०४६ सालदेखि यताका नेपालका सबै नेता, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्