२६० जना कैदीको सजाय माफ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २६० जना कैदीहरूको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गरेकी छिन्

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम उनीहरूको कैद सजाय कट्टा गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जान्कारी दिएका छन् । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्