परपुरुषसँग मिलेर आफ्नै पतिको हत्या

काठमाडौं । नवलपरासी पश्चिमकी एक महिलाले परपुरुषसँग मिलेर पतिको हत्या गरेकी छन्। रामग्राम नगरपालिका–३, घोडापालीकी सरस्वती पोखरेलले आफ्नै पति ४१ वर्षीय रविन्द्रप्रसाद पाण्डेको हत्या गरेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको अनुसन्धानका अनुसार सरस्वतीले परपुरुषसँगको मिलेमतोमा पतिको हत्या गरेको खुलासा भएको छ । पाण्डे १८ भदौदेखि हराइरहेका थिए।

याे पनि पढ्नुस  एक बर्षभित्र यूएईमा ९८ नेपालीको ज्यान गयो, ४ जनाको हत्या

उनको खोजी गर्नेक्रममा शुक्रबार रामग्राम वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिशुसिल आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा शव फेला परेको हो। सडिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षण थापाले जानकारी दिए।

प्रहरीले सरस्वतीलाई पक्राउ गरेको छ। र हत्यामा संलग्न सरस्वतीका पुरुष साथीको खोजी भइरहेको प्रहरीले जनाकारी दिएको छ।

कमेन्ट गर्नुहोस्