Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डुबेर दुई बालकसहित तीन जनाको मृत्यु

काठमाडौं । झापा र मोरङमा गरी दुई बालकसहित तीन जनाको डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार झापाको कमल गाउँपालिका–४ भुत्लुङ खोलामा कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो।

उक्त खाल्डोमा जमेको पानीमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरू अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। यस्तै मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

विश्वकर्मा पूजापछि मूर्ति सेलाउन गएका स्थानीय ४० वर्षीय नारायण उराव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। मूर्ति सेलाउन साथीहरूसँग गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: