एएफसी यू–१६ः ताजकिस्तानसँग ठुलो अन्तरको हारसँगै नेपाल बाहिरियो

काठमाडौ‌ । नेपालले जोर्डनमा एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा अर्को हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० गोलले पराजित भयो । यस हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।

पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । ताजकिस्तानको भने लगातार तेस्रो जित हो । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो ।

याे पनि पढ्नुस  एएफसी यू–१६ च्याम्पियनसिपः जोर्डनसँग नेपालको फराकिलो हार

समूहको दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्