Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरी चर्चामा ऋषभ पन्तः शास्त्रीपछि कोहलीका कोचले गरे यस्तो टिप्पणी

काठमाडौं, युवा क्रिकेटर ऋषभ पन्तको प्रदर्शनमाथि चारैतिरबाट टिप्पणी शुरु भएको छ । भारतीय क्रिकेट कोच रवि शास्त्रीको चेतावनीपछि समेत ऋषभले पुरानै गल्ती दोहोर्याएपछि अहिले उनी थप आलोचित बनेका हुन् ।

ऋषभसँग उत्कृष्ट क्षमता भए पनि खेलमा धैर्यता नभएको भन्दै उनको धेरैले टिप्पणी गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको दोश्रो खेलमा हतारमा खेल्न खोज्दा १० रन समेत नबनाई आउट भएका पन्तका बारेमा भारतीय कप्तान बिराट कोहलीका बाल्यकालका कोच राजकुमारको पछिल्लो टिप्पणी अहिले चर्चामा आएको छ ।

पन्तको मनपर्ने फर्मेट टी–२० भएको बताउँदै शर्माले खेल्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । समाचार एजेन्सी एएनआईलाई विशेष अन्तर्वार्ता दिँदै उनले भने, “टी–२० उनको खास फर्मेट हो । तर यसमा नै उनले प्रदर्शन गर्न सकिरहेका छैनन् । उनीसँग क्वालिटी शट छन् । प्रभावशाली खेलाडी हुन । तर सावधानी अपनाउन नसक्दा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । यसमा सुधार नल्याउने हो भने उनको खेल जीवनमा नै खतरा आउन सक्छ ।”

दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाँचौ बलमा नै शर्ट फाइन लेगमा क्याच भएका थिए ।

यसअघि ब्याट्सम्यान कोच बिक्रम राठौडले खेलाडीहरुलाई निडर र लापरवाही क्रिकेटको अन्तर बुझ्नुपर्ने बताए ।

तर बिडम्बना, यही लापरवाही नै पन्तले फेरी दोहोर्याएपछि शर्माले समेत चिन्ता व्यक्त गरेका हुन ।

“मलाई पन्तलाई लिएर निकै चिन्ता लागिरहेको छ ।” शर्माले भने, “रवि शास्त्री र राठौडले भनेजस्तै अहिले प्रदर्शन गर्न सकेनन् भने आगामी दिनमा टिममा छनौट हुन अप्ठ्यारो पर्ने निश्ति छ ।”

पछिल्लो समयमा आलोचकहरुको निशानामा पूव कप्तान महेन्द्रसिंह धोनी र ऋषभ पन्त परेका छन् । दुबै खेलाडीमाथि यो वा त्यो कोेणबाट आलोचना चुलिएको हो ।

प्रशसंकको निकै माया पाएका धोनीले आफूले सन्यास लिने विषयमा अहिलेसम्म केही कुरा गरेका छैनन । तर कतिपयले उनलाई सन्यासका लागि मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।

यसैगरी पन्तले पनि वेष्ट इीण्डजविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनीमाथि झन ठूलो दबाब सिर्जना गरिएको छ । एक दुई वटा खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा आलोचना गर्ने र राम्रो गर्दा देवत्वकरण गर्ने प्रवृत्ति भारतीय क्रिकेटमा नौलो होइन ।

दक्षिण अफ्रिकाविरुद्धको तेश्रो खेलमा पनि ऋषभले राम्रो प्रदर्शन गर्न नसके भने उनको क्यारियरमा ठूलो सेटब्याक हुने निश्चित छ । प्रशसंकहरुको चाहना छ– उनले धैर्यता राखेर आफ्नो क्षमता देखाउन सकून ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: