Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सञ्चारमन्त्री भन्छन्, ‘निर्माण, प्रगति र सामाजिक न्याय अबको प्राथमिकता हो’

काभ्रेः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माण, प्रगति र सामाजिक न्याय नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सवैतिरबाट थिलथिलो बनेको अवस्थामा पनि सरकारले विकासका कामलाई गति दिएकाले अव सानातिना कुरामा अल्झिनुपर्ने अवस्था नरहेको बताए ।

युवा शक्तिलाई स्वदेशमै परिचालन गरी निर्माणका काम अघि बढाउन सरकारले विशेष योजना ल्याउने पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंले कुनै व्यक्ति या समुहले विरोध गर्दैमा संविधान शंसोधन गर्न जरुरी नहुने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: