Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हत्या आरोपमा सेनाका हवल्दार पक्राउ

नवलपरासीः परपुरुषसँगको नाजायज सम्बन्ध लुकाउन पश्चिम नवलपरासीमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाअनुसार सदरमुकाम परासीको रामग्राम नगरपालिका–३ घोडपाली आदर्श टोलमा बस्ने ४१ बर्षका तारा भन्ने रविन्द्रप्रसाद पाण्डेको उनकै श्रीमतीले हत्या गरेकी हुन् ।

पाण्डेकी श्रीमती सरस्वती पोखरेल पाण्डेले आफ्नै श्रीमान रविन्द्रको हत्या गरेकी प्रहरीले जनाएको छ । श्रीमती सरस्वती पाण्डेले अनैतिक सम्बन्ध रहेको पुरुषसँग मिलेर श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

गत भदौ १८ गतेदेखि सम्पर्क विहिन रहेका पाण्डेको शव प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार गाउँनजिकै रहेको हरिसुशील आधारभूत विद्यालयको ट्वाइलेटको सेप्टी टंकीमा सडेगलेको अवस्थामा फेला पारेको थियो ।

सेनाका हवल्दार समातिए
पाण्डेको हत्या आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्। कालीध्वज गण परासीमा कार्यरत बमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’ भनिने रवीन्द्र पाण्डेको हत्या आरोपमा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। कालीध्वज गण परासीबाट उनलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले बताए।

मृतक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल (पाण्डे) र घर्ती मिलेर हत्या गरेको आरोप छ। प्रहरीले मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक आचार्यले बताए।

घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ। मृतक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: