‘संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ’

कैलालीः पूर्वमन्त्री एवं संघिय सांसद लेखराज भट्टले संविधान अपरिवर्तनिय दस्तावेज नभएको बताएका छन्।

शनिबार गौरिगंगा उद्योग वाणिज्य संघको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए ।

‘संबिधान कुनै पुराण होइन आबस्यकता अनुसार परिबर्तन गर्दै लैजानु पर्दछ’ उनले भने ‘तर अहिलेको संबिधानले सबैका अधिकारको रक्षा गरेको छ, पूर्णता कुनै पनि कुरा हुँदैन बनाउने प्रयास गर्नु पर्दछ।’

याे पनि पढ्नुस  अज्ञात समूहद्वारा बसमा आगजनी

नेता भट्टले अहिलेको सरकार जनताको चाहाना बमोजिम काम गरिरहेको दाबी गरे । उनले अहिलेको परिवर्तनलाई पुरानो सत्ताको आँखाले हेर्दा केहि नभएकोे जस्तो देखिए पनि सत्ता परिवर्तन पछि बनेको सरकारको काम कार्बाहीलाई नयाँ आँखाले हेर्नुपर्ने बताए ।

नेकपा स्थायी कमिटीका सदस्य समेत रहेका नेता भट्टले तिन तहको सरकारले परिवर्तनलाई आत्मसाथ गरि काम गर्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जनताका प्रतिनिधिको बहुमतले बनाएको यो संविधान उत्कृष्ट रहेको दाबी गरे।

याे पनि पढ्नुस  उद्याेगमन्त्री भट्टको चेतावनीः ‘व्यवसायीले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं’

यस्तै कार्यक्रममा बोल्दै पूर्व सभासद कृष्ण कुमार चौधरीले अहिलेको संविधानले सबै वर्ग, क्षेत्र, जाति र लिंगका अधिकारलाई सम्बोधन नगरेकाले संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्