Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाले टुंग्यायो ६ महानगरका अध्यक्ष र सचिव, को–को पाए जिम्मेवारी?

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ वटा महानगरको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले चारवटा महानगरमा पूर्व एमाले र दुईवटामा पूर्व माओवादीका नेताहरु पर्नेगरी महानगरको नेतृत्व टुंग्याएको हो ।

जसअनुसार काठमाडौं महानगरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिवमा रविन्द्र श्रेष्ठ, ललितपुरमा अध्यक्ष मञ्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य, पोखरामा अध्यक्ष दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन्।

यस्तै भरतपुरमा रामप्रसाद न्यौपानेलाई अध्यक्ष र इश्वर सापकोटालाई सचिव बनाइएको छ भने विरगञ्ज महानगरपालिकाको अध्यक्ष रहबर अन्सारी र सचिव डा विश्वम्भर थापा तथा विराटनगरको अध्यक्ष सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन्।

पार्टी एकताका अरु बाँकी काम छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले अब विभिन्न आयोगहरु, मञ्च, परिषद् र प्रवास कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: