विद्यार्थीको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत

चितवनः विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज प्रशासन सहमत भएको छ ।

दिनभर भएको वार्तामा कलेज प्रशासन, विद्यार्थी र अभिभावकहरुबीच चितवन जिल्ला प्रशासन कार्यालयमा सहमति जुटेको हो ।

कलेज प्रशासनले प्रतिबद्धता जनाएसँगै कलेजमा सञ्चालन भएको झण्डै एक महिने आन्दोलनपनि फिर्ता भएको छ ।

याे पनि पढ्नुस  विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्न सेनाको कलेज सकारात्मक

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्व पक्षीय वार्ताबाट पाँच बुँदे सहमति जुटेको जानकारी दिए। ‘चितवन मेडिकल कलेजले ३० कार्य दिन अर्थात् आउँदो कात्तिक १८ गतेभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार तथा आईओएमले तोकेभन्दा लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता व्यक्त भएको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने।

याे पनि पढ्नुस  चितवन मेडिकल कलेजको १७ दिनदेखि पठनपाठन ठप्प

चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि नै आन्दोलन सुरु भएर पठनपाठन प्रभावित भएको थियो। भदौ १५ गतेदेखि विद्यार्थीले सडक संघर्ष नै सुरु गरेका थिए। सडक संघर्ष चर्कदै गएपछि मेडिकल कलेज प्रशासनले नै भदौ २७ मा सूचना निकालेर सबै शैक्षिक कार्यक्रम बन्द भएको जानकारी गराएको थियो। प्रशासन कार्यालयमा भएको वार्तामा आइतबारबाट विद्यार्थीका सबै कार्यक्रम स्थगित गरी पढाइ सुरु गर्ने सहमति भएको छ।

कमेन्ट गर्नुहोस्