बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् ।

उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।

तर नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

याे पनि पढ्नुस  बामदेव गौतमको सांसद सपना पूरा गर्न डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

सोही प्रसंगमा उनले भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्