कैलालीः सुदूरपश्चिम गजल मञ्च कैलालीको पाँचौ सम्मेलनले नयाँ कार्यसमिति बनाएको छ । धनगढीमा भएको सम्मेलनले धीरज त्रिवेणीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो ।
सम्मेलनले उपाध्यक्षमा रघुनाथ कडरिया, तारा पल्लवी, महासचिवमा तपेन्द्र भावातीत, सचिवमा दीपक क्षितिज, कोषाध्यक्षमा दीपिका विवशलाई चयन गरेको छ ।
यस्तै मञ्चको सदस्यमा सेत राज संगम, तिलक समर्पण, माधव घर्तीमगर, तीर्थराज भट्ट, चन्द्र थापा, भूपिसिंह धामी र दिवा प्रयासी चयन भएका छन् ।