बालकोटमा रहेको कपास उद्योगमा आगलागी

भक्तपुर — सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान करिब ५ बजे सुरू भएको आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाएका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए ।

उनका अनुसार भोजपुर सडान्नद नगरपालिका-४ दिङ्लाकी सरिता चौंलागाईंले ४ वर्षदेखि सञ्चालन गरेको मनकामना कपास उधोगमा आगलागी भएको हो। आगलागीबाट उद्योग पू्र्णरुपमा क्षति भएको छ। प्रहरी प्रमुख प्रधानले आगलागीबाट करिब २५ लाख क्षति भएको अनुमान गरिएको बताए।

याे पनि पढ्नुस  पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६५ जनाको मृत्यु

आगो निभाउन भक्तपुर, ललितपुर र काठमाडौंका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए । आगो निभाउने क्रममा प्रहरी जवान श्यामप्रसाद त्रिपाठी घाइते भएका छन्। घाइते त्रिपाठीको समिट अस्पताल लोकन्थलीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रधानले बताए।

कमेन्ट गर्नुहोस्