Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यू–१८ साफ च्याम्पियनसिप: आज नेपालले भुटानसँग खेल्दै

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा आफ्नो समूह चरणको अन्तिम खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर भुटानविरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।

नेपालले यो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक बनाउने लक्ष्यमा छ । यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: