४ किलो अफिमसहित तीन जना पक्राउ

नेपालगञ्जः नेपालगञ्जमा ४ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । नेपालगञ्ज–४ स्थित एक होटलबाट प्रहरीले चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

होटलमा लागु औषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा दाङका ढुकु रोका, बर्दियाका बालकृष्ण थापा र डम्बर थापालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा दाजुभाई पक्राउ

बाँकेका प्रहरी प्रवक्ता शिव सिंहले अफिम कहाँबाट कसरी आयो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्