Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरी नखेल्ने भए धोनी, सन्यासबारे यस्तो प्रतिक्रिया

काठमाडौंः  भारतीय टीमका पूर्व कप्तान महेन्द्रसिंहले धोनी एउटा अर्को टी–२० शृंखला पनि नखेल्ने सम्भावना बढेर गएको छ ।

भारतीय सञ्चारमाध्यममा धोनीले टीमका चयनकर्ताहरूलाई आफू अस्ट्रेलियाविरुद्धको खेलमा समेत उपलब्ध हुन नसक्ने जानकारी दिएको समाचार सम्प्रेषित गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा १९ वर्षीय करिअरमा लगातार तीन शृंखला धोनी टीममा नपरेको यो पहिलो घटना हो । उनी विश्वकप यता भारतीय टीममा सामेल रहेका छैनन् । धेरैले यसलाई उनले अब बिस्तारै क्रिकेटबाट सन्यासको तयारीबारे सोचिरहेको भनेर अनुमान समेत लगाउन थालेका छन् ।

विश्वकपमा निकै सजिलो आकलन गरिएको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध हार बेहोरेपछि धोनीको सन्यासबारे व्यापक चर्चा हुन सुरु भएको थियो । यस पछि उनी वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्धका शृंखलाहरूमा परेनन् । वेस्ट इन्डिजविरुद्ध शृंखला चलिरहँदा उनी कश्मीर गएर सैन्य तालिम लिइरहेका थिए ।

धोनीको अनुपस्थितिमा उनको सट्टा विकेट किपरको रूपमा ऋषभ पन्तलाई भारतीय टीममा जोडिएको छ तर हालका दिनहरूमा उनको प्रदर्शनमाथि पनि प्रश्न चिन्ह लाग्न थालेको छ ।
केही दिन अघि धोनी बंगलादेशविरुद्ध हुने टी–२० खेल्न टीममा सामेल हुने भनिएको थियो । तर अब उनी सम्भवतः यस वर्षको अन्त्यमा वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० शृंखलामा मात्र उपलब्ध हुनसक्ने अनुमान लाग्न थालेको छ ।

मुम्बई मिररले धोनी भारतको प्रथम श्रेणीको अन्तरिक शृंखला विजय हरारे ट्रफीमा झारखण्डको तर्फबाट खेल्ने भनेर समाचार प्रकाशित गरेको थियो । तर धोनी उक्त प्रतियोगिता पनि नखेल्ने भएका छन् ।

विगत केही दिन यता धोनीको सन्यासबारे विभिन्न अनुमान लगाइदा पनि धोनीले यसबारे मुख खोलेका छैनन् । केही दिन अघि पूर्व कप्तान  दिग्गज खेलाडी सुनिल गावस्करले नयाँ प्रतिभाहरूलाई मौका दिन धोनीले सन्यास लिनु पर्ने सुझाव दिएका थिए ।

तर भारतीय कप्तान विराट कोहली भने धोनीभित्र अझै धेरै क्रिकेट बाँकी रहेको र उनी भारतीय टीमको सशक्त सदस्य रहेको प्रतिक्रिया दिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: