नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना

काठमाडौंः  नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौंबाट सामाजिक गीतको लागि छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कार्पियो रौतहटको कटहरियामा दुर्घटना भएको हो।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो। गाड बाटोबाट करिब ६ फिट तल खसेको बताइएको छ।

याे पनि पढ्नुस  भारतमा गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

उक्त गाडीमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत सवार थिए। उनीहरु मध्ये केहि समान्य घाइते भएका छन्। दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए।

याे पनि पढ्नुस  भोजपुरी गीतमा नायिका केकी अधिकारी (भिडियोसहित)

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन्। सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए।

कमेन्ट गर्नुहोस्