Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुत्केरी बिदा नदिएको भन्दै प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

काठमाडौंः असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसएसपी उत्तमराज सुवेदी शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिइएको हो ।

कहाँ र कुन समयमा नियन्त्रणमा लिएको भन्ने बारेमा एसएसपी सुवेदी स्पष्ट हुन चाहेनन् । ‘घर एरियाबाटै होला, कहाँबाट कति बेला भन्ने मलाई थाहा छैन,’ उनले भने ।

केसीमाथि अनुसन्धान भइरहेको बताँउदै एसएसपी सुवेदीले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

प्रअ केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भनि शिक्षिका अर्यालले भदौ २२ मा टेकु परिसरमा उजुरी दिएकी थिइन् ।

त्यहीदिन एसपी अशोक सिंहले ‘तोक’ लगाएर परिसरकै महिला सेललाई अनुसन्धानका लागि पठाएका थिए । महिला सेलले मुद्दा फाँटका डीएसपीलाई उजुरी ‘फरवार्ड’ गराएका थिए । गम्भीर र फरक प्रकृतिको केस भएको भन्दै प्रहरीले उजुरी उपर कारबाही गर्न आलटाल गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: