दाजुलाई खुकुरी प्रहार गरी भाइले गरे आत्महत्या

इलामः इलामको सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीको बन्दुके भन्ने ठाउँमा एक जनाले आफ्नै दाजुलाई खुकुरीले हानेर गम्भीर घाइते बनाएर आत्महत्या गरेका छन् ।

४५ वर्षका बुद्ध राईले दाजु ६४ वर्षीय विष्णु राईलाई खुकुरी र ढुङ्गा हानेर घाइते बनाएका थिए ।

दाजुलाई गम्भीर घाइते बनाएपछि बुद्धले झुण्डिएर आत्महत्या गरेका हुन् । दाजु मरेको ठानेर उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ ।

याे पनि पढ्नुस  प्रधानाध्याकको खुकुरी प्रहार गरेर हत्या

गम्भीर घाइते विष्णुको इलाम अस्पतालमा सामान्या उपचारपछि थप उपचारको लागि झापा लगिएको छ ।

उनले के कारणले दाजुको हत्या प्रयास गरेको भन्ने खुलेको छैन । दाजुभाइबीच कुनै रिसिबी नभएको अर्का भाइ चक्र बहादुरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्