टी–२० क्रिकेट सिरिजः दक्षिण अफ्रिकाविरुद्ध भारतले टस जित्यो

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि बैंग्लोरमा सुरु हुँदैछ । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज अघिल्लो खेलमै खेलाएको प्ललेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः भारतले गुमायो सस्तैमा पहिलो विकेट

भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी।

साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कमेन्ट गर्नुहोस्