Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतले गुमायो दोस्रो विकेट, आज पनि अर्धशतक बनाउन चुके शिखर

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले दोस्रो विकेट गुमाएको छ ।

उसले दोस्रो विकेट गुमाउने क्रममा ओपनर शिखर धवनलाई ७.२ ओभरमा ३६ रनमा क्याच आउट भए । उनलाई तरबिज शम्मीले आउट गरेका हुन् ।

यसअघि भारतले पहिलो विकेटकारुपमा २.२ ओभरमा उपकप्तान रोहित शर्मालाई ९ रनमा गुमाउन पुग्यो । उनलाई दक्षिण अफ्रिकाका ब्यूरन हेन्ड्रिक्सले क्याच आउट गराए ।

हेन्ड्रिक्सले अघिल्लो खेलमा प्लेइङ ११ मा मौका पाएका थिएनन् । तिव्र गतिका बलर उनले आफ्नो पहिलो ओभरमै दक्षिण अफ्रिकालाई सफलता दिलाए । यो समाचार तयार पार्दासम्म भारतले ८ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

सिरिजको अन्तिम खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज अघिल्लो खेलमै खेलाएको प्ललेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः

भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी।

साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: