भारतलाई लगातार झड्का, कप्तान कोहली रबाडाको शिकार

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले तेस्रो विकेट गुमाएको छ ।

उसले तेस्रो विकेट गुमाउने क्रममा कप्तान विराट कोहलीलाई ९ रनमा गुमाएको हो । उनलाई कागिसो रबाडाले क्याच आउट गराए । अघिल्लो खेलमा नटआउट ७२ रन बनाएका विराटले आज भने १५ बलमा ९ रन मात्र बनाउन सके ।

यसअघि दोस्रो विकेटका रुपमा ओपनर शिखर धवन ७.२ ओभरमा ३६ रनमा क्याच आउट भए । उनलाई तरबिज शम्मीले आउट गरेका हुन् ।

याे पनि पढ्नुस  टेष्ट क्रिकेटः दुवै इनिङ्समा शतक बनाएका रोहित आज सस्तैमा आउट

भारतले पहिलो विकेटकारुपमा २.२ ओभरमा उपकप्तान रोहित शर्मालाई ९ रनमा गुमाउन पुग्यो । उनलाई दक्षिण अफ्रिकाका ब्यूरन हेन्ड्रिक्सले क्याच आउट गराए ।

हेन्ड्रिक्सले अघिल्लो खेलमा प्लेइङ ११ मा मौका पाएका थिएनन् । तिव्र गतिका बलर उनले आफ्नो पहिलो ओभरमै दक्षिण अफ्रिकालाई सफलता दिलाए । यो समाचार तयार पार्दासम्म भारतले १० ओभरमा २ विकेट गुमाएर ७६ रन बनाएको छ ।

याे पनि पढ्नुस  भारतलाई पहिलो झड्का, सस्तैमा आउट भए रोहित

सिरिजको अन्तिम खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज अघिल्लो खेलमै खेलाएको प्ललेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः

याे पनि पढ्नुस  टि–२० सिरिजः भारतद्वारा दक्षिण अफ्रिकालाई १३५ रनको लक्ष्य

भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी।

साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कमेन्ट गर्नुहोस्