Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको खराब प्रदर्शन, १०० रन नबनाउँदै गुमायो ६ विकेट

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले खराब प्रदर्शन गरेको छ ।

भारतले १०० रन नबनाउँदै महत्वपूर्ण ६ विकेट गुमाई सकेको छ । उसले छटौं विकेटका रुपमा कुणाल पाण्ड्यालाई ४ रनमा गुमाएको हो ।

यसअघि श्रेयस अय्यर ५, ऋषभ पन्त १९, विराट कोहली, रोहित शर्मा ९–९, शिखर धवन ३६ रनमा आउट भए । यो समाचार तयार पार्दासम्म भारतले १५ ओभरमा ६ विकेट गुमाएर ९९ रन बनाएको छ ।

सिरिजको अन्तिम खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको हो । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज अघिल्लो खेलमै खेलाएको प्ललेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः

भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी।

साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: