Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० सिरिजः भारतविरुद्ध कप्तान क्विन्टनको शानदार अर्धशतक

काठमाडौंः भारत विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा पनि दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डिककले शानदार अर्धशतक बनाएका छन् ।

उनले ३ छक्का र ४ चौकाको मद्दतमा ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी सिरिजमा क्विन्टनको यो लगातार अर्धशतक हो ।

अघिल्लो खेलमा उनले ३७ बलमा ५२ रन बनाएका थिए । यो समाचार तयार पार्दासम्म दक्षिण अफ्रिकाले ११ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।

उसका लागि शिखर धवनले ३६, ऋषभ पन्त, रविन्द्र जडेजाले १९–१९, हार्दिक पाण्ड्याले २४, विराट कोहली, रोहित शर्माले ९–९, श्रेयस अय्यरले ५, वासिङटन सुन्दर र कुणाल पाण्ड्याले ४–४ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, ब्यूरन हेन्ड्रिक्स, बिजोर्न फोर्टिनले २–२ र तरबिज शम्मीले एक विकेट लिए । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज पनि अघिल्लो खेलमै खेलाएको प्लेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः

भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी।

साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: