Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल राष्ट्र बैंकले १० अर्बको टेजरी बिल बिक्री गर्दै

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको टेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको टेजरी बिल बिक्री गरिनेछ ।

सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते टेजरी बिल बिक्री गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: