भित्र मोदी मोदी, बाहिर मोदी मूर्दावाद !

एजेन्सीः अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्दै मोदीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका थिए । टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन् । तर, मोदीले सम्बोधन गरिरहदा भित्र ‘मोदी, मोदी’ भन्दै उनका समर्थकहरुले नाराबाजी गरिरहेका थिए भने बाहिर भने मोदीका विरुद्ध मूर्दावाद भन्दै उनका विरुद्ध चर्का नारा घन्किरहेका थिए । स्टेडियम भित्र मोदी र ट्रम्पकाे समर्थनमा नारा लागिरहेका बेला बाहिर भने मोदीका विरुद्ध हजारौंले मूर्दावादका नारा लगाइरहेका थिए ।

याे पनि पढ्नुस  ट्रम्पले पत्रकार सम्मेलन गर्दागर्दै ह्वाइट हाउस बाहिर गोली चलेपछि...

आयोजकले कार्यक्रमलाई ऐतिहासिक बताइ रहदा एनएसजी स्टेडियम बाहिर हजारौंको संख्यामा उपस्थित मुस्लिम, सिख र पाकिस्तान समर्थकले ड्रम बजाउँदै नारा लगाउँदै थिए । जातीवादी मोदीको सत्ताले कस्मिरमा मानव अधिकार उल्लङघन गरेको आरोप प्रदर्शनकारीको थियो ।

बीबीसीका अनुसार करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनि टिप्पणी गरेक छन् ।

याे पनि पढ्नुस  लकडाउन आउँदा महिनाहरूमा हटाउन गभर्नरहरूलाई ट्रम्पको निर्देशन

भाषणको अन्त्यमा प्रधानमन्त्री मोदीले जम्मू–कश्मीरलाई विशेष मान्यता दिएको संविधानको प्रावधान अन्त्य गरिएको सन्दर्भ उल्लेख गरेका थिए । उनले त्यसलाई ठूलो कदमको रूपमा अर्थ्याउँदै भने, ‘भारतले हालै संविधानको धारा ३७० लाई अलबिदा भनेको छ । जसले गर्दा जम्मू–कश्मीर र लद्दाखका मानिसहरूलाई त्यही अधिकार प्राप्त भएको छ जो भारतका अन्य मानिसले पाएका छन् । त्यहाँका महिला, बालबालिका र दलितमाथि भइरहेको भेदभाव अन्त्य भएको छ।’

कमेन्ट गर्नुहोस्