Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खेलाडी बनेर युरोप छिर्न लागेका शरणार्थी एयरपोर्टबाटै समातिए

एजेन्सी । १० जना सिरियाली शरणार्थी ग्रिसको एयरपोर्टबाटै पक्राउ परेका छन् । युरोपियन मुलुक जाँदै गरेको अवस्थामा ग्रिसको राजधानी एथेन्सस्थित एयरपोर्टबाट उनीहरु पक्राउ परेका हुन् । १० जना शरणार्थीहरु भलिबल खेलाडीको हुलियामा एयरपोर्टमा पुगेका थिए ।

खेलाडीको जर्सी र ब्याग समेत बोकेर उनीहरु युरोप छिर्न लागेको प्रहरीले जनाएको छ । पछिल्ला वर्षमा ग्रिस शरणार्थीका लागि युरोप छिर्ने मुख्य बाटो बन्दैआएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: