Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेक बहादुर चोखाल मेमोरियल कप फुटसल प्रतियोगिता हुने

धनगढीः पुर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो ।

पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा असोज ८ देखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडाका टिमहरुको सहभागीमा फुटसल प्रतियोगिता हुने सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाले बताए । उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदाहुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताए । टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा फुटसल प्रतियोगितालाई पनि थप गरेको बताए । उनले यो प्रतियोगिता हरेक बर्ष आयोजना हुने जानकारी दिए ।

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजारसहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको छ ।

टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा परिचित थिए । नेपाली कांग्रेसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री भएका वेला चोख्याल कानुन मन्त्रीसमेत बनेका थिए ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार रहेका चोख्यालको २०६६ कार्तिक २७ गते काठमाडौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमती दुई छोरा र एक छोरी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: