‘दसैंतिहारमा घर जानका लागि यातायातको कुनै समस्या हुँदैन’

काठमाडौंः दसैं, तिहार, छठलगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दसैं, मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने, ‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’

याे पनि पढ्नुस  अब काठमाडौंमा सवारीसाधन धोएर मात्र प्रवेश!

उनले काठमाडौं बाहिर जाने कोही पनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए ।

उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । आइतबारमात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएको उनले जनाए ।

याे पनि पढ्नुस  इम्बोस्ड नम्बर प्लेट साउन १ देखि

महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०–२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । भाडादरमा द्धिविधा नहोस भनेर आफूहरुले विभागको वेबसाईटमा राखिएको सुनाउँदै यसलाई अझै प्रचार गर्न फ्लेक्स प्रिन गरेर मुख्य मुख्य ठाउमा राखिने पनि जनाए । तोकिएको भन्दा बढि भाडा लिनेलाई कानूनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए ।

याे पनि पढ्नुस  उपत्यकामा साना सवारी साधनकाे म्याद चैतसम्म मात्रै

उनले यो वर्षको दसैं दुर्घट्नारहित मनाउने सरकारको तयारी रहेको सुनाए । उनले दसैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्नेगरि काम गरेको पनि सुनाए ।

कमेन्ट गर्नुहोस्