Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुरु भयो नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त अन्तरक्रिया कार्यक्रम

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

सोमबार साँझ राजधानीको होटल याक एन्ड यतीमा दुई देशका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘विचारधारात्मक छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा सी चिङपिङ विचारधारबारे चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो धारणा राख्नेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाली नेताहरुले मन्तव्य राख्ने छन् भने छलफल सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले बोल्ने कार्यतालिका सार्वजनिक गरिएको छ । सो अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सोमबार दिउँसो नेपाल आइपुगेका हुन्। यसअधि नै सोही कार्यक्रममा सहभागी हुन ४० सदस्यीय टोली नेपाल आएको थियो ।

सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस हुने छ । चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो । राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ ।

सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: