भोलि सार्वजनिक हुँदै कक्षा ११ को नतिजा

काठमाडौंः कक्षा ११ को नतिजा मंगलबार सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।

याे पनि पढ्नुस  ‘एसईई नहुने भन्ने हल्ला मात्रै हो, तयारीमै रहनुस्’

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो। बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ।

तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकाखेर नतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

कमेन्ट गर्नुहोस्