Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइसीसीद्वारा बिराट कोहलीमाथि कारबाही

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहलीमाथि अनुशासनात्मक कार्वाही गरेको छ।

आइतबारका दिन बैंगलोरमा दक्षिण अफ्रिकाविरुद्धको टी २० खेलका क्रममा अनुशासन उल्लंघन गरेको आरोपमा आइसिसीले कोहलीमाथि कार्वाही गरेको हो ।

कोहलीमाथि खेलका क्रममा दक्षिण अफ्रिकाका बलर ब्यूरन हेन्ड्रिक्ससँग ठोक्किएको आरोप छ । यो आरोपमा आइसिसिी कोड अफ कन्डक्ट तोडेको भन्दै कोहलीको खातामा एउटा डिमेरिट अंक थप गरिएको छ ।

आइसिसीले वक्तव्य जारी गर्दै भनेको छ– “दक्षिण अफ्रिकाविरुद्ध आइतबार भएको तेश्रो टी२० खेलमा आइसिसी कोड अफ कन्डक्ट लेभल १ तोडेको दोषी पाईएपछि भारतीय कप्तान बिराट कोहलीलाई आधिकारिक चेतावनी र एउटा डिमेरिट अंक दिइएको छ ।”

कोहली दोषी ठहर भएको उक्त घटना भारतीय पारीको पाँचौ ओभरमा भएको थियो । रन लिने क्रममा पिच नजिकै उभिएको बलर ब्यूरनसँग कोहली ठोक्किएका थिए । आइसिसीले यही गल्तीलाई आचार संहिताको धारा २.१२ उल्लंघन गरेको दोषी पाएको हो ।

बिराट कोहलीले अहिलेसम्म तीन वटा डिमेरिट अंक पाएका छन् । पछिल्लो डिमेरिट भने खेलाडी र सपोर्ट स्टाफका लागि बनाइएको हो । यसमा अन्तराष्ट्र्रिय खेलको अवधिमा खेलाडी, सपोर्ट स्टाफ, अम्पायर, म्याच रेफ्री या दर्शकसहित अन्य कुनै पनि व्यक्तिसँग अनुचित शारिरिक सम्पर्क बनाउने बारेमा निर्देशन जारी गरिएको छ ।

भारतीय कप्तान बिराट कोहलीले सन् २०१८ जनवरी १५ मा दक्षिण अफ्रिकाविरुद्ध नै खेलिएको टेष्ट खेलको बेला पहिलो डिमेरिट अंक पाएका थिए । दोश्रो डिमेरिट भने २०१९ जुन २२ तारिखका दिन अफगानिस्तानसँग भएको खेलमा पाइएको थियो ।

कोहलीले भने म्याच रेफ्री रिचि रिचर्डसनका सामु आफ्नो गल्ती स्वीकार गर्दै डिमेरिट अंक स्वीकार्य भएको बताएका थिए । त्यसैले अब यो विषयमा कुनै सुनवाई हुने छैन ।

बिराटले जुन लेभल १ आचार संहिताको उल्लंघन गरेका छन्, त्यो घटनाा सबैभन्दा ठूलो सजाय खेलाडीमाथि ५० प्रतिशत फीस रकमको जरिवाना रहेको छ । यस अतिरिक्त एक या दुई डिमेरिट अंक पनि दिन सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: