Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निजामती कर्मचारीको संख्या कटौती हुन्छः मन्त्री पण्डित

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिफल विनाको लगानी भएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको बताए । उनले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता भने व्यक्त गरे ।

मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गरे ।

निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: