Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः मंगलवार सुनको मूल्य सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुन मंगलबार सय रुपैयाँ बढेर ७१ हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि सय रुपैयाँ बढेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि मंगलबार १० रुपैयाँले बढेर आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: