Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नौबिसे–नागढुंगा सडक मर्मतका कारण धादिङतर्फ ३० किमिसम्म सवारी जाम

धादिङ । गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ । मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ ।

मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई सास्ती भएको छ । दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनहरूको चाप यसै पनि बढ्छ ।

काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । हरेक वर्ष चाडपर्व लक्षित गर्दै हतारमा टालटुल गरिँदै आएको छ । मापदण्डविपरीत भार बोकेका साधनहरूले सडक साना सवारी गुडाउन असहज हुने गरी भत्किने गरेको छ ।

खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ । चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी मर्मत थालिएको बताए ।

दसैं–तिहारमा दैनिक १८ हजारसम्म सवारी र मालबाहक गाडी राजधानी भित्रिने र बाहिरिने गरेका छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका ठूला मालबाहक गाडी हुन्छन् । सवारी जाम घटाउन मंगलबारबाट ठूला मालबाहक साधनलाई दिनभर जिल्लामै रोक्ने र नोओभरटेक जोन लागू गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: