ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड चोरी गर्ने ११ पक्राउ

काठमाडौंः कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले सो कुराको पृष्टि गरे ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको थापाले जानकारी दिए । नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेकोले थप कुरा खुल्दै जाने बताए ।

याे पनि पढ्नुस  परीक्षा विशेषः विकास र समृद्धिमा कृषि विकास बैंकको भूमिका के छ ?

‘ह्याकरले के कति रकम झिकेको हो, को–को संग्लन छन् भन्ने कुरा सबै खुलिसकेको छैन,’ थापाले भने, ‘अनुसन्धान जारी छ । थप कुरा बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं ।’

ह्याकरको समूहले असोज ५ गते कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारर काठमाडौंबाट रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्