लगातार बढ्दै सुनको मूल्य !

काठमाडौंः सुनको मूल्य बुधबार पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मूल्य छ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन तोलामा ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  आज पनि घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य पनि बढेर ७१ हजार सात सय रुपैयाँँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ७१ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि छ सय रुपैयाँले बढेको हो ।

याे पनि पढ्नुस  सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ आज?

चाँदीको मूल्य तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्