कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी, लहान शाखाका सबै कर्मचारी निलम्बन

काठमाडौंः कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । यो सबै रकम शाखाको ब्याज आम्दानी हो ।

ह्याकिङ तथा जालसाजी गरी बैंकिङ प्रणालीबाट करोडौं रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई बुधबार प्रहरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्‍कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

याे पनि पढ्नुस  अमेरिका पठाइदिने भन्दै ६० लाख लिएको अर्को दिनमै फरार भएपछि...

कृषि विकास बैंकका उपमहाप्रवन्धक दीर्घ अर्यालले यसबारे अनुसन्धान गर्न कृषि विकास बैंकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको बताए ।

उक्त घटनाको योजनाकार काले भनिने पिटर भएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले  बताए । उनले नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना बनाएको थापाले बताए । मुख्य योजनाकार पिटर भारतको मुम्बई बस्ने गरेका छन् । पिटरले नेपालीहरुलाई सर्म्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको छ । रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ ।

याे पनि पढ्नुस  पेशा विद्यार्थीः काम अनलाइन ठगी, कमाई महिनामा ८ लाख !

उनीहरुले नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।

कमेन्ट गर्नुहोस्